
नेपाल सम्वाद सम्मेलन नेपाल संवाद पहल, नेपालमा संवाद र शान्ति निर्माणलाई प्रवर्द्धन गर्न काम गर्ने व्यक्ति र संस्थाहरूको सामूहिक अभियान हो । हरेक वर्ष नेपाल संवाद पहलले संवाद र शान्ति निर्माणको क्षेत्रमा स्थानीय देखि विश्वव्यापी अभ्यासहरूलाई जोड्ने हेतुले नेपाल संवाद सम्मेलन आयोजना गर्दछ । सन् २०२२ मा यस नेपाल सम्मेलनमा जहाँ ट्युनिसियाको नेसनल डायलग क्वार्टेटबाट नोबेल शान्ति पुरस्कार विजेता ओईदेद बोउचामाउई प्रमुख अतिथिको रुपमा आउनुभएको थियो ।
यही पृष्ठभूमिमा नेपाल सम्वाद पहलले मिति २०-२१ नोभेम्बर २०२३ मा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना गर्दैछ र एक सामूहिक पहल भएकोले यस सम्मेलनको सह-आयोजनमा इच्छुक संस्था र व्यक्तिहरूलाई यसको आफ्नो रुचि पेश गर्न आमन्त्रित गर्न चाहन्छ । विगतमा जस्तै यस शिखर सम्मेलनमा पनि अन्तर्राष्ट्रिय तथा नेपालका शान्ति निर्माताहरूबीच आमनेसामने हुने, सिक्ने र सिकाउने अवसरहरू प्रदान गर्न लागि शान्ति निर्माणका प्रसिद्ध अन्तर्राष्ट्रिय व्यक्तित्वको उपस्थिति रहनेछ ।
यदि तपाई वा तपाईँको संस्था Nepal Dialogues Summit 2023 नेपाल संवाद सम्मेलनको सह-आयोजक बन्न इच्छुक हुनुहुन्छ भने, कृपया २५ सेप्टेम्बर २०२३ सम्म यहाँ भएको फाराम भर्नुहोला । फारामको लिंक यहाँ छ: https://docs.google.com/forms/d/1F1rfqjDTGPz7eoByTv9Ss7Z2xMRJA2w1zW1FPfAA4_A/edit
सह-आयोजकको शुल्क न्यूनतम १०,०००(दस हजार) रुपैया राखिएको छ । तपाईंको फारामहरू प्राप्त गरेपछि शुल्कको भुक्तानीको विवरणको लागि हामीले सम्पर्क गर्नेछौँ ।
यदि तपाईंसँग यससँग सम्बन्धित कुनै प्रश्नहरू छन् भने, कृपया Nepal Forum for Restorative Justice (T: +977 14540587, E: nfrj.nepaldialogues@gmail.com) मा रहेको नेपाल संवाद पहलको सचिवालयमा सम्पर्क गर्नुहोला ।