न्यायमा सबैको पहुँचको सुनिश्चितता र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने उद्देश्यका साथ २०६१ सालदेखि न्यायपालिकामा योजनाबद्ध सुधारको शुरुवात भएको हो। न्यायपालिकामा योजना लागू भएको करिव दुई दशकको अवधिमा चौथो पञ्चवर्षीय रणनीतिक योजनाहरूको कार्यान्वयन सम्पन्न भई पाँचौ पञ्चवर्षीय रणनीतिक योजना (२०८१-०८६) भरखरै कार्यान्वयनमा आएको छ। प्रस्तुत यस योजनामा “छिटोछरितो र गुणस्तरीय न्याय” सम्बन्धी लक्ष्य प्राप्तिका लागि “रणनीतिक उद्देश्य ५: न्याय सम्पादनको कार्यमा गुणस्तरीयता कायम गर्नु” अन्तर्गत “विद्यमान कानूनमा रहेका पुनर्स्थापकीय न्यायका मान्यताहरूको प्रभावकारी कार्यान्वयन गर्ने” क्रियाकलाप समावेश गरिएको छ। यसरी सम्मानित सर्वोच्च अदालतबाट योजनामा नै समावेश गरी कार्यान्वयन गर्ने कदमप्रति नेपाल पुनर्स्थापकीय न्याय मञ्चले हार्दिक स्वागत तथा आभार गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
प्रेस विज्ञप्ति: