पृष्ठभूमि
शान्ति निर्माणका विभिन्न उपायहरू मध्ये सम्वादको उद्देश्य द्वन्द्व रूपान्तरणका लागि एउटा प्रक्रियामा अरूको भावना, सोचर व्यक्त गर्ने तरिकाहरू बुझ्ने उद्देश्यले सरोकारवालालाई एउटै ठाउँमा समावेश गराउनु हो । सम्वाद एकअर्काको दृष्टिकोण, चासो र आवश्यकताहरूको विश्लेषण गरेर सरोकारवालाहरूबीच आपसी समझदारीको लागि मध्य विन्दु खोज्नका लागि उपयोगी मानिएको महत्त्वपूर्ण प्रक्रिया हो । सम्वादको पृष्ठभूमि र र्इतिहास हेर्दा परापूर्वकाल देखि नै यसको अभ्यास हुँदै आएको भेटिन्छ र अहिले पनि शान्ति निर्माणमा सम्वाद एक प्रभावकारी माध्यम मानिन्छ।
सन् १३ सेप्टेम्बर १९९९ को संयुक्त राष्ट्रसंघको महासभाको प्रस्ताव A र B ५३/२४३ मा पनि संयुक्त राष्ट्र संघले शान्तिको लागि द्वन्द्वको अनुपस्थिति मात्र होइन, सकारात्मक, गतिशील सहभागितामूलक प्रक्रिया चाहिन्छ जसका लागि सरोकारवालार्इ सम्वाद प्रक्रियामा ल्याउन प्रोत्साहन गरी द्वन्द्वहरू आपसी समझदारी र सहयोगको भावनामा समाधान गर्न सकिन्छ भनेर उल्लेख गरेको छ। यही कुरालार्इ आत्मसात् गर्दै संयुक्त राष्ट्रसंघले सन् २००१ लार्इ सम्वाद वर्षकै रूपमा घोषणा गरेको थियो र त्यस यता हरेक वर्ष २१ मेलार्इ सम्वाद र विकासका लागि सांस्कृतिक विविधताको विश्व दिवसकोरूपमा मनाउने गरिएको छ जसमा विश्वमा रहेका फरक संस्कृतिहरूको समृद्धिको उत्सव गरिने मात्र होइन, शान्ति र दिगो विकास हासिल गर्न अन्तरसांस्कृतिक संवादको भूमिका आवश्यक रहेको कुरामा पनि जोड दिइन्छ । यस बाहेक पनि संयुक्त राष्ट्र संघले “अन्तरपुस्ता सम्वाद”, “सहभागीमूलक सम्वाद”, “समावेशी सम्वाद” र “सामाजिक सम्वाद” जस्ता सम्वादका विभिन्न अभ्यासहरूलाई प्रवर्द्धन गर्न प्रयासहरू गरिरहेको छ।
सम्वाद फरक पक्ष, विविधता, भिन्न संस्कृतिहरूबीच साझा थलो निर्माण गर्ने, साझा वर्तमान र भविष्यको निर्माण गर्ने र द्वन्द्व रोकथामका लागि प्रयोग गर्न सकिने प्रभावकारी र महत्त्वपूर्ण सञ्चार प्रक्रिया हो र हाल सम्वादको लहर विश्वव्यापी रूपमा बढ्दै गएको छ ।
नेपालको सन्दर्भमा पनि २०६३ पछि राष्ट्र धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्र बनेपछि संघ, प्रदेश र स्थानीय तहसम्म उत्पन्न भएका द्वन्द्व र विभेदलार्इ रचनात्मक र कसैलार्इ हानि नहुने गरी सम्बोधन गर्नु अहिलेको आवश्यकता हो । यही आवश्यकताको परिपूर्तिका लागि सम्वाद अभ्यासको प्रवर्द्धन गर्नका लागि पहल गर्न आवश्यक रहेको छ, र यसैको लागि निर्मित सम्वादको साझा थलो नै नेपाल सम्वाद पहल हो ।
नेपाल सम्वाद पहल
सम्वाद अभ्यासकर्ताहरूद्वारा नेपालमा सम्वादको संस्कृतिलार्इ अगाडि बढाउन, विविधताको पहिचान र यी भिन्नताहरूबाट उत्पन्न हुन सक्ने द्वन्द्वलाई सम्बोधन गर्न निर्मित साझा मञ्च नै नेपाल सम्वाद पहल (Nepal Dialogues Initiative वा NDI) हो । नेपाल सम्वाद पहल नेपालमा शान्ति र सम्वादको क्षेत्रमा काम गर्दै आइरहेका संघसंस्था र व्यक्तिहरूबीच ज्ञान, सीप र स्रोत आदानप्रदान गर्नका लागि निर्माण गरिएको अनौपचारिक मञ्च हो ।
यो अभ्यासलार्इ निरन्तरता दिदैं, नेपाल सम्वाद पहलको औपचारिक रूपमा उद्घाटन नेपाल फोरम फर रिस्टोरेटिभ जस्टिस (नेपाल पुनर्स्थापकीय न्याय मञ्च) मा सन् २०२१ जनवरी १४ मा भएको थियो र त्यसयता यस संस्थाले सम्वादको सचिवालयका रूपमा सम्वाद स्रोत केन्द्रको पनि सञ्चालन गर्दै आइरहेको छ । नेपाल सम्वाद पहलले आफ्नो स्थापना कालदेखि नै नेपालमा सम्वाद र शान्ति निर्माणसँग सम्बन्धित क्षेत्रमा कार्यशाला, तालिम र सम्मेलन जस्ता नियमित कार्यक्रमहरू मार्फत स्रोतहरू (ज्ञान उत्पादन र मानविय स्रोत दुवै) उत्पादन गर्दै आएको छ । यसका साथै सम्वादको संस्कृतिलार्इ प्रवर्द्धन गर्नका लागि हरेक वर्ष नेपाल सम्वाद सम्मेलन आयोजना गर्ने गर्दछ ।
नेपाल सम्वाद सम्मेलन
नेपालको ईतिहास मै पहिलो पटक नेपाल सम्वाद पहलद्वारा डिसेम्बर १९-२०, २०२२ मा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय शान्ति निर्माणकर्ताहरूलार्इ साझा थलोमा जोड्न र एकआपसमा ज्ञान, सीप र स्रोत आदानप्रदान गर्नका लागि काठमाडौंमा पहिलो नेपाल सम्वाद शिखर सम्मेलनको आयोजना गरियो । २०२२ को सो सम्मेलनले नेपालको शान्ति निर्माण कार्यको स्थानीय तहमा भएका सम्वादका अभ्यासहरूलाई राष्ट्रिय र विश्वव्यापी स्तरमा जोड्ने प्रयास गरेको थियो । उक्त कार्यक्रमको आकर्षण एवम् प्रमुख अतिथिका रूपमा २०१५ को नोबेल शान्ति पुरस्कार विजेता श्री ओइदेद बोउचामोइ (Ouided Bouchamaoui) हुनुहुन्थ्यो । उहाँले आफ्नो राष्ट्र ट्युनिसयाले विभाजनको संकटको सामना गर्दैगर्दा नागरिक समाजद्वारा राष्ट्रिय सम्वादका पहलहरू थाल्नुभएको जसले गर्दा लामो राजनीतिक अस्थिरता र संक्रमणको टुंगो लगाउन सफल भएका अनुभवहरू प्रस्तुत गर्नु भएको थियो। यसले सहभागीहरूलाई स्थानीय-क्षेत्रीय-राष्ट्रिय र विभिन्न सामाजिक, राजनीतिक र सांस्कृतिक मुद्दाहरूमा सम्वादको प्रयोगको बारेमा बुझ्न मद्दत गर्यो ।
यही गतिशीलतालार्इ निरन्तरता दिँदै नेपाल सम्वाद पहलले यस वर्ष पनि नेपालमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको हप्ता पारेर नोभेम्बर २०-२१ मा नेपाल सम्वाद शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना गर्दैछ । यो सम्मेलनको उद्देश्य सरकारी र गैरसरकारी सरोकारवालाहरूलाई एकसाथ संलग्न गराएर सम्वादको दायरा फराकिलो बनाउनु र उनीहरूको काममा सम्वादलाई एकीकृत गर्ने तरिकाहरू खोज्नु हो र विशेषत: सरकारलाई सम्वादको दायरामा ल्याउने, र सरकारकै सहनेतृत्व तथा सहकार्यमा शान्ति निर्माणका संयन्त्रहरूमा सम्वादलाई समायोजन गर्ने उपाय खोज्नु हो ।
नेपाल सम्वाद सम्मेलन २०२३ का विशेषताहरू :
- नेपालभरका ५० भन्दा बढी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका २०० भन्दा बढी व्यक्तिहरुको सहभागिता
- शान्ति निर्माणमा उल्लेखनीय योगदान पुगाएका एसियाका अन्तर्राष्ट्रिय विशेषज्ञसँगको सत्र (जो मुख्य वक्ताका रूपमा सहभागी रहनु हुनेछ र उहाँले नेपालको राष्ट्रिय र स्थानीय तहका संवादकर्मीहरूसँग सामुदायिक तहसम्म संवादको मापन गर्ने उपायहरू सह-सृजना गर्न सकिने ठाँउका बारेमा अवधारणा प्रस्तुत
- सम्वादको पैरवीका मार्गहरू निर्माण गर्नका लागि नागरिक समाजसँग सत्र)
- एकीकृत सम्वादका लागि नेपाल सरकारका सरोकारवालाहरूसँग सत्र
- नेपालमा अन्तरसांस्कृतिक सम्वादका लागि दक्षता निर्माणका लागि सत्र
यस सम्मेलनको समग्र उद्देश्य, सरकारी तथा गैरसरकारी निकायको साझा प्रयासबाट नेपालमा सम्वादको संस्कृतिलाई बढावा दिनेबारे हुनेछ ।
नेपाल सम्वाद शिखर सम्मेलन २०२३ का अतिथि वक्ताको संक्षिप्त जीवनीमिरियम कोरोनेल-फेरेरमिरियम कोरोनेल-फेरेर, फिलिपिन्समा शान्ति वार्ताकारका रूपमा परिचित नाम हो । १९७० को दशकको अन्तमासैनिक शासन विरुद्धको प्रतिरोधमा सामेल भएदेखि उहाँको राजनीतिक मुद्दाहरूमा उत्कृष्ट संलग्नता रह्यो । १९८६को क्रान्तिपछि उहाँले देशलाई विभाजित गर्न जारी रहेका धेरै सशस्त्र द्वन्द्वहरूको शान्तिपूर्ण समाधान खोज्नुपर्ने आवश्यकता महसुस गर्नुभयो । उहाँले महिला शान्ति निर्माणकर्ताहरूसँग महिला, शान्ति, र सुरक्षामा फिलिपिन्सको पहिलो राष्ट्रिय कार्य योजनाको मस्यौदा प्रारम्भ गर्नुभयो जसलाई अन्ततः फिलिपिन्स सरकारले २०१० मा संयुक्त राष्ट्र सुरक्षा परिषद् प्रस्ताव १३२५ को प्रतिबद्धताको रूपमा अपनाएको थियो। २०१२ को उत्तरार्धमा उहाँ फिलिपिन्समा संघर्षरत मोरो इस्लामिक लिबरेशन फ्रन्ट (MILF) सँग वार्ता गर्न जिम्मा दिइएको फिलिपिन्स सरकारको शान्ति प्यानलको अध्यक्ष बन्नुभयो र यसैको कार्यस्वरूप फिलिपिन्स सरकार र MILF द्वारा २०१४ मा बङ्गसामोरोमा बृहत सम्झौता हस्ताक्षर गरिएको थियो। कोरोनेल-फेरेर यस उपलब्धिलाई अधिक विनम्रतापूर्वक हेर्नुहुन्छ र उहाँ भन्नुहुन्छ: “यहाँ गरिएका कुनै पनि सम्झौताहरू पूर्ण छैनन्, तर हामी महिलाहरूलाई प्रक्रियाबाट नै बाहिर राखेर यसलाई अझ धेरै अपूर्ण बनाउँछौँ।”२०२० मा उहाँले म्यानमार र अफगानिस्तानजस्ता देशहरूमा सम्वादका लागि सुरक्षित ठाउँहरू निर्माण गर्न र मध्यस्थता र सम्वादका पहलहरूलाई प्रवर्द्धन गर्ने महिलाहरूको अग्रगामी समूह “दक्षिणपूर्व एशियाली महिला शान्ति मध्यस्थकर्ताहरूको समूह” को स्थापना गर्नुभयो। सम्वाद र शान्ति निर्माणमा गरेको योगदानको लागि २०२३ हालसालै उहाँलाई रेमन म्यागसेसे पुरस्कारबाट सम्मानित गरिएको छ ।स्रोत: https://www.rmaward.asia/awardee/miriam-coronel-ferrer |
नेपाल सम्वाद पहल र नेपाल सम्वाद सम्मेलन २०२३ को बारेमा थप जानकारीको लागि कृपया सम्पर्क गर्नुहोस् :
नेपाल सम्वाद पहलको सचिवालय
नेपाल पुनर्स्थापकीय न्याय मञ्च (Nepal Forum for Restorative Justice)
टेलिफोन: +977-1-4540587
इमेल : nfrj.nepaldialogues@gmail.com
वेबसाइट: nepalrestorativejustice.org